आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राखेप सदस्यसचिवको मुद्दा फेरि स्थगित, वैकल्पिक तयारीमा मन्त्रालय

राखेप सदस्यसचिवको मुद्दा फेरि स्थगित, वैकल्पिक तयारीमा मन्त्रालय

सर्वोच्च अदालतमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवसम्बद्दधी मुद्दा फेरि स्थगित भएको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं– सर्वोच्च अदालतमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवसम्बद्दधी मुद्दा फेरि स्थगित भएको छ। पहिलोपटक पुस १२ गतेलाई पेशी तोकिएको मुद्दा आज सोमबार पनि स्थगित भएको हो।

National life

सर्वोच्च अदालतले मुद्दा फैसलाको लागि आज पेशी तोकेको थियो। तर उक्त मुद्दा स्थगित भएको सर्वोच्च अदालतले सूचनामा राखेको छ। 

केपी शर्मा ओली सरकारले सदस्य सचिवमा नियुक्त गरेका एमाले सदस्य रमेश कुमार सिलवाललाई देउवा सरकारले कात्तिक १ गते बर्खास्त गरेको थियो। त्यसपछि देउवा सरकारले माओवादी निकट टंकलाल घिसिङलाई मंसिर १३ गते सदस्य सचिवमा नियुक्त गरेको थियो।

त्यसपछि देउवा सरकारका दुवै निर्णयलाई यथास्थितिमा राख्नका लागि सर्वोच्चले मंसिर अन्तिम हप्ता अन्तरिम आदेश दिएको थियो। तर त्यसपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन।

यस्तोमा दुवै सदस्य सचिवले राखेपको काम कारबाही अघि बढाउन पाएका छैनन्। यसकारण राष्ट्रिय खेलकुद, १४ औं दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदका तयारीमा प्रतिकूल प्रभाव पारेको छ भने राखेपका कर्मचारीले पनि तलब पाउन सकेका छैनन्।

Laxmi sunrise bank
kumari

अब युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको काम कारबाहीलाई अघि बढाउनका लागि वैकल्पिक व्यवस्था गर्ने भएको छ। युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता विष्णुराज ढकालले भने, ‘सबै विवादको टुंगो अदालतले नै गर्ने हो। तर दैनिक कामकाजका लागि मन्त्रालयले पनि व्यवस्था गर्ने तयारी गररहेको छ।’

राखेपमा सदस्य सचिवको पद रिक्त रहेमा वा आवश्यक परेको अवस्थामा मन्त्रालयले कार्यकारी सदस्य सचिव राख्ने व्यवस्था राष्ट्रिय खेलकुद ऐनमा व्यवस्था छ। यस्तोमा राखेपका वरिष्ठ कमचारी अथवा सहसचिव बराबरका निजामति कर्मचारीले सदस्य सचिवको काम गर्ने सक्नेछन्।

अब वैकल्पिक व्यवस्था कहिलेसम्ममा हुन्छ त भन्ने प्रश्नमाा ढकालले भने,  ‘प्रकृया सुरु भएको छ। चाँडै होला। मन्त्रालय वैकल्पिक व्यवस्था गरेर दैनिक कामकारबाही गराउन चाहन्छ।’

यता गएको बिहीबार राखेपका सदस्यले बोर्ड बैठकको माग गर्दै मन्त्रालयका ज्ञापनपत्र बुझाएका थिए। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था भएका कारण सो बैठकबारे मन्त्रालयामा जानकारी नभएको प्रवक्ता ढकालले जानकारी दिएका छन्।

प्रकाशित: Feb 07, 2022| 17:32 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।