बुधबार, मंसिर २४, २०८२

गुलाफ खेतीमा जमेको व्यावसायिक जोडी [फोटोफिचर]

नागार्जुन नगरपालिका–८ घट्टेखोलास्थित ३० रोपनी क्षेत्रफल सधैं फूलले ढकमक्क हुन्छ। गुलाफका रंगीचंगी फूलले जोकोहीको मन तान्छ।
 |  सोमबार, माघ २४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, माघ २४, २०७८

काठमाडौं– नागार्जुन नगरपालिका–८ घट्टेखोलास्थित ३० रोपनी क्षेत्रफल सधैं फूलले ढकमक्क हुन्छ। गुलाफका रंगीचंगी फूलले जोकोहीको मन तान्छ।

National life

नागार्जुनकी अर्चना आचार्य र पाण्डव श्रेष्ठले गुलाफ फूलको खेती गरेको सात वर्ष भयो। पहिले उनी नागार्जुन–७ मा फूल व्यवसाय गर्थिन्। तीन वर्षपछि उनको व्यवसाय नागार्जुन–८ मा सर्‍यो।

उनले २२ वर्षको उमेरदेखि फूल खेती गर्न थालेकी हुन्। अहिले ३२ वर्षकी भइन्। उनका व्यावसायिी साझेदार ३७ वर्षीय पाण्डव श्रेष्ठ रहेका छन्। १५ लाखबाट सुरु गरेको उनीहरूको व्यवसायले वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्न थालेको छ। ‘हामी व्यवसायप्रति सन्तुष्ट छौं। राम्रो आम्दानी भइरहेको छ। हाम्रो फूलले काठमाडौंको धेरै मागलाई धानेको छ,’ नेपाल समयसँग कुरा गर्दै उनले भनिन्।

उनले गुणस्तरीय फूल उत्पादन गर्न सके राम्रो आम्दानी लिन सकिने बताइन्। ‘बजारमा रातो गुलाफको सबैभन्दा बढी माग छ। त्यसपछि सेतो, पिंक, पहेंलो र सेतो गुलाफको माग हुन्छ। हामीले सात रंगका गुलाफको खेती गरिरहेका छौं,’  उनले भनिन्।

एक पटक गुलाफ खेती गर्दा पाँच वर्षसम्म त्यही बोटले उत्पादन दिने उनले बताइन्। फागुनमा गुलाफ रोप्न राम्रो महिना हुने र प्रत्येक वर्ष फागुनमै त्यसलाई गोडमेल गर्दा राम्रो उत्पादन दिने उनले जानकारी दिइन्।

Laxmi sunrise bank
kumari

यस वर्षको भ्यालेन्टाइन डे फागुन दुई गते परेको छ। भ्यालेन्टाइन डे नजिकिएसँगै प्रेमी प्रेमिकाबीच रातो गुलाफको फूल आदानप्रदान हुन्छ। त्यसैले अब गुलाफको राम्रो व्यापार हुने उनले बताइन्। रातो गुलाफलाई प्रेमको प्रतीक मानिने भएकाले पनि यसको बढी कारोबार हुने आचार्यको भनाइ छ।

अहिले एउटा गुलाफ स्टिक ३५ रुपैयाँमा बिक्री हुन्छ। वैशाखमा भने मूल्य घट्छ। आफूले होलसेलमा बेच्ने गुलाफ काठमाडौं, पोखरा र चितवनका बजारसम्म पुग्ने उनले बताइन्। चिसोमा गुलाफको उत्पादन कम हुने भएकाले यस वर्ष उनले व्यवसायलाई बढावा दिँदै हेटौंडा वा पाँचखालतिर विस्तार गर्ने योजना बनाएकी छन्। उत्पादन बढाउन सके पूर्ण रुपमा नै भारतीय गुलाफको बजारलाई रोक्न सकिने आचार्यको भनाइ छ। 





प्रकाशित: Feb 07, 2022| 17:23 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।