बिहीबार, चैत १२, २०८२

खेलकुद नीति र विकासको गुरुयोजनामा छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति- २०६७ पुनरावलोकन तथा खेलकुद विकास गुरुयोजना–२०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबार छलफल अघि बढाएको छ । 

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति तथा खेलकुद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो । 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिमा पूर्व सचिव प्रतापकुमार पाठकले नेपाली खेलकुदको गुरुयोजनाको मस्यौदाबारे जानकारी गराएका थिए । 

उनले नेपाली खेलकुदको वर्तमान अवस्था, चुनौती र सम्भावना सहितको १५ वर्षे गुरुयोजना प्रस्तुत गरेका थिए । 

खेलकुद नीति र गुरुयोजनामा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले संघीय संरचना अनुसार नेपाली खेलकुदको पुर्नसंरचनका विषयमा गुरुयोजना र ऐनले प्रष्ट पार्नुपर्ने बताए । उनले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को वर्तमान जनशक्ति व्यवस्थापनलाई खेलकुद नीतिले समेट्नु पर्ने धारणा राखे ।

पूर्व खेलकुद मन्त्री दलजित विके श्रीपाईलीले गुरुयोजना रणनीतिक महत्वको भएको उल्लेख गर्दै यसलाई अविलम्ब लागू गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मस्यौदा परिमार्जनका लागि छलफल आयोजना गरिएको बताउदै यसले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरे । 

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले मस्यौदा लेखनमा अझ नयाँ सोच आउनु पर्ने बताए । मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए । मन्त्री विश्वकर्माले नयाँ सरकारले विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न अघि बढेको जानकारी दिदै खेलुकद क्षेत्र त्यसको मापन हुने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।