काठमाडौं- आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको छ।
सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ।
जसको मूल्य आइतबार प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।