बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिभरपुल पुगे ब्राजिलका गोलकिपर एलिसन : सबैभन्दा महँगा गोलरक्षक

लिभरपुल पुगे ब्राजिलका गोलकिपर एलिसन : सबैभन्दा महँगा गोलरक्षक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-लिभरपुलले रोमा तथा ब्राजिलका गोलरक्षक एलिसनलाई कीर्तिमानी मुल्यमा छ बर्षका लागि अनुबन्ध गरेको छ । योसँगै उनी सबै भन्दा महंगा गोरक्षकको सुचिमा एक नम्बरमा रहेका छन् । एलिसनको पारिश्रमिक सार्वजनिक नगरेको लिभरपुलले रामासँग भने ७२.५ मिलियन युरोको सम्झौता गरेको छ । 

२५ बर्षीय एलिसनले भने, ‘मेरो जीवन र मेरो करियरको सन्दर्भमा यो क्लबको सदस्य बन्न पाउनु मेरो जिवनको सबैभन्दा ठुलो अंश र परिवारको ठुलो कदम हो ।’ उनी रोमामा दुई बर्षका लागि अनुबन्धित भएका थिए । उनले रोमामा रहदै पछिल्लो सिजन सिरि–ए का ३७ खेल खेले ।

लिभरपुलका मेनेजर जोर्गन क्लोपले भने, हामीले एक वास्तविक व्यक्तिसँग सम्झौता गरेका छौ । पछिल्लो केहि हप्ता यस्तो अवसर आयो जुन संसारकै सबैभन्दा उत्कृष्ट गोलरक्षक मध्ये एकलाई अनुबन्ध गर्ने । उनले थपे, यसका लागि प्रबन्धकहरु निकै उत्साहित थिए, त्यसैले हामीले सम्झौता गरेउ । उनी मुल्यसँग केहि गर्ने छैनन् । हामीपनि मुल्यसँग केहि गर्ने छैनौ । यो बजार हो । यो कसरी र यसको बारे धेरै सोच्नै छैनौ । 

उनले इंग्लिस प्रिमियर लिगलाई अनुसरण गर्न जरुरि छ । किनकी लिग फरक छ र गोलरक्षकको जिवन प्रिमियर लिगका फरक छ । लिभरपुलका स्टाईकर मोहमद सलाह पनि रोमा बाट भित्रिएका थिए ।  एलिसनले भनेका छन्, यो एक सपना पुरा भएको छ । म धेरै खुसि छु की उनीसँगै खेल्ने अवसर पाएको छु । उनी एक विशाल चरित्र र महान व्यक्तित्व भएका खेलाडी हुन, जो सबै भन्दा महत्वपुर्ण कुरा हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।