काठमाठौं- कार्डिफ सिटीलाई ३-१ गोलले हराउँदै लिभरपुल एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ। आइतबार राति सम्पन्न खेलमा लिभरपुलले सहज जित निकाल्दै यात्रा अर्को चरणमा पुर्याएको हो।
लिभरपुलेको जितका लागि डियागो जोटा, ताकुमी मिनमिनो र हार्वी इलिटोले गोल गरेका थिए। खेलको पहिलो हाफमा दुवै टिमबाट गोल नभएपछि सबै गोल दोस्रो हाफमा भए।
जोटाले ५३औं मिनेटमा गोल गरे भने मिनमिनोले ६८औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, ७६औं मिनेटमा इलिटोले गोल गर्दै लिभरपुलले तीन गोलको अग्रता बनाएको थियो।
पछि, खेलको ८०औं मिनेटमा रुविन कोल्विलले गोल गरेर खेललको नतिजा ३-१ भएको हो। यससँगै आइतबार राति नटम फरेस्ट र बोरेहाम वुडले पनि जित निकालेका छन्। र, चौथो चरणका खेल सकिएका छन्। अब पाँचौ चरणका खेलहरु मार्च ३ तारिखबाट सुरु हुनेछन्। पाँचो चरणमा १६ टिमले स्थान बनाएका छन्।