काठमाडैं- फ्रेन्च शीर्ष डिभिजनको फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ५-१ को सानदार जित निकोको छ। लिल्लको घरेलु मैदानमा सम्पन्न लिग वानअन्तर्गतको खेलमा पीएसजीले जित निकालेको हो।
पीउसजीलाई जित दिलाउन ड्यानिलो पेरेराले दुई गोल गरे। त्यस्तै प्रेस्नल किम्पेम्बे। लियोनल मेस्सी र केलियन एम्बाप्पेले पनि समान १-१ गोल गरे।
पेरेराले १०औं मिनेटमै गोल गरेर पीएसजीलाई अग्रता दिलाएका थिए। तर २८औं मिनेटमा लिल्लका वेन बोटमले बराबरी गोल गरे। तर ३२औं मिनेटमा किम्पेम्बेले खेललाई बराबरीमा ल्याइहाले।
त्यसपछि मेस्सीले ३८औं मिनेटमा, पेरेराले ५१औं मिनेटमा र एम्बाप्पेले ६७औं मिनेटमा गोल गरेर जित निकालेका थिए। आइतबा रातिको जितपछि पीएसजीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ। उसको ५६ अंक हुँदो दोस्रो स्थानको मार्सेको ४३ अंक छ। लिल्ल भने ३२ अंकका साथ ११ औं स्थानमा रहेको छ।