आइतबार, मंसिर ७, २०८२

अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई

खेलको सातौं मिनेटमै सेनेगलले पेनाल्टीको अवसर पाएको थियो। तर, फरवार्ड साडियो मानेले पेनाटीको अवसरमा गोल गर्न नसकेपछि खेल बराबरी भएको थियो।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले पहिलो पटक जितेको छ। क्यामरुनमा आइतबार राति सम्पन्न फाइनल खेलमा इजिप्टलाई टाइब्रेकरमा हराउँदै सेनेगलले उपाधि जितेको हो।

National life

खेलको सातौं मिनेटमै सेनेगलले पेनाल्टीको अवसर पाएको थियो। तर, फरवार्ड साडियो मानेले पेनाटीको अवसरमा गोल गर्न नसकेपछि खेल बराबरी भएको थियो। 

निर्धारित ९० मिनेटसम्म पनि कुनै गोल भएन। त्यस्तै, थपिएको अतिरिक्त समय सकिँदा पनि खेलको नजिता गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो।

पेनाल्टी सुटआउटमा इजिप्टका दुई खेलाडीले गोल गर्न नसकेपछि सेनेगलले ४-२ ले खेल जितेको हो। उसले प्रतियोगिता सुरु भएको ६० वर्षपछि पहिलो पटक उपाधि जितेको हो।

यसअघि दुई पटक फाइनलसम्मको  यात्र गरिसकेको भए पनि उसले उपाधि जित्न सकेको थिएन।

Laxmi sunrise bank
kumari

‘म धेरै भावुक छु। किनभने सेनेगललमा मान्छेहरु ६० वर्ष देखि यो उपाधिको खोजिमा थिए,’ उपाधि जितेपछि सेनेगलका प्रशिक्षक अलिओउ सिसेले भने, ‘यदी तपाइँ कडा मेहेनेत गर्नुहुन्छ भने तपाइँले चाहेको पाउनुहुन्छ।’

प्रकाशित: Feb 07, 2022| 07:50 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।