काठमाडौं- फुटबलमा जुलाई र जनवरीलाई सरुवा बजारका रूपमा चिन्ने गरिन्छ। यसपालीको जनवरी सिजनमा स्पेनिस फुटबल क्लब बार्सिलोनाले चार खेलाडीलाई क्लबमा भित्र्याएको छ। यी चारमध्ये कोही पूर्वनिर्धारित थिए भने कोही आकस्मिक रूपमा क्लबसँग जोडिएका हुन्।
त्यसो त जनवरी अघिबाटै बार्सिलोनका डिफेन्डर ड्यानी अल्भेस क्लबमा अभ्यास गरिरहेका थिए। क्लबमा भित्रने 'कन्फर्म' भइसकेपनि औपचारिक सम्झौताका लागि उनले जनवरी विन्डो पर्खनुपरेको हो। प्रिमियर क्लब म्यानेचेस्टर सिटीले फरान टोरेसलाई छाड्न मानेपछि बार्सिलोनाले उनलाई पनि जनवरी विन्डोमै भित्र्यायो।