बुधबार, असोज १४, २०८३

नेप्से परिसूचक ४०.५७ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ। फ्लोट इन्डेक्स २.८ अंक र सेन्सेटिभ इन्डेक्स २.४८ अंक घटेको छ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचकसँग कारोबार रकममा समेत गिरावट आएको छ। बिहीबार ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

आइतबार १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ। जसमध्ये जीवन बिमा उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ। वित्त उपसमूहको परिसूचक २.४१, विकास बैंकको १.९६, अन्यको १.६८, व्यापारको १.६६, लघुवित्तको १.४८, लगानीको १.३१, जलविद्युतको १.१३ र बैंकिङ उपसमूहको १.०४ प्रतिशत घटेको नेप्सेले जनाएको छ।

आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम घटे पनि नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको सेयर मूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर, शिखर इन्स्योरेन्स, साहस ऊर्जाको सेयर मूल्य बढेको छ। तर विन नेपाल लघुवित्तको सेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ।

आज कारोबार रकमका आधारमा ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ। नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित: Feb 06, 2022| 16:43 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्