शनिबार, असार २०, २०८३

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले जित्यो एसेज सिरिज

इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै महिला एसेज सिरिजको उपाधि अष्ट्रेलियाले जितेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै महिला एसेज सिरिजको उपाधि अष्ट्रेलियाले जितेको छ। आइतबार दिउँसो अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न खेलमा जित निकाल्दै अष्ट्रेलियाले घरेलु मैदानमा सिरिज जितेको हो।

आजको खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको इंग्ल्यान्डले ४५ ओभर दुई बलमा सम्पूर्ण विकेट गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्यका साथ मैदान पसेको अष्ट्रेलियाले ३५ ओभर दुई बलमै पाँच विकेट बचाएर लक्ष्य पूरा गर्यो।

अष्ट्रेलियाको जितमा एल्सी पेरीले ४०रन बनाइन् भने एलिसा हेलीले २२ रनको योगदान दिइन्। असले गार्डेनसले भने अविजित ३१ रन बनाइन्। त्यसक्रममा इंग्ल्यान्डकी काटी क्रससले दुई विकेट गिराएकी थिइन्।

त्यस्तै, पहिलो पारीमा इंग्ल्यान्डकी सोफी एक्लेस्टोनले ३२ रन बनाइन् भने एमी जोन्सले २८ रनको योगदान दिइन्। इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाकी पेरी र ताहिया म्याग्रथले समान ३–३ विकेट गिराउँदा जेस जोनासनले दुई विकेट गिराइन्।

यससँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले लगातार दुई जित निकालेर सिरिज कब्जा गरेको हो। अब तेस्रो खेल मंगलबार हुँदैछ।

प्रकाशित: Feb 06, 2022| 15:18 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।