शनिबार, असार २०, २०८३

बुन्डेसलिगामा बायर्नलाई नौ अंकको अग्रता

जर्मन शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले शीर्षस्थानमा नौ अंकको अग्रता बनाएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं- जर्मन शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले शीर्षस्थानमा नौ अंकको अग्रता बनाएको छ। शनिबार राति आरबी लाइप्जिकलाई ३–२ ले हराउँदै बायर्नले अग्रता बढाएको हो।

बायर्नका लागि गोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए। यता लाइप्जिककै जोस्को गिवार्डिओलले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा बायर्नले अग्रता बनाउँदै जित निकालेको हो।

खेलको १२औं मिनेटमा मुलरले बार्यनलाई अग्रता दिलाएका थिए। तर २७औं मिनेटमा लाइप्जिकका आन्द्रे सिल्वाले गोल गर्दै बराबरी गरे। ४४औं मिनेटमा लेवान्डोस्कीको गोलसँगै बायर्नले पहिलो हाफमा २–१ को अग्रता बनाएका थिए।

तर, ६३औं मिनेटमा क्रिस्टोपर एनकुन्कुले गोल गर्दै खेलमा खेललाई पुनः बराबरीमै ल्याए। त्यसपछि ५८औं मिनेटमा गिवार्डीको आत्मघाती गोलसँगै बायर्नले जित निश्चित गरेको हो।

आजको जितसँगै उसले लिगमा ५२ अंक बनाएको छ। दोस्रो स्थानको बोरुसिया डर्टमन्डको ४३ अंक छ। ३१ अंकका साथ लाइप्जिक भने सातौं स्थानमा छ। शनिबार रातिकै खेलमा आइन्ट्रिक्ट फ्रांकफर्ट र कोल्नले पनि जित निकालेका छन्।

प्रकाशित: Feb 06, 2022| 08:55 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।