शनिबार, असार २०, २०८३

अफ्रिका कप अप नेसन्समा आयोजक क्यामरुनले जित्यो तेस्रो स्थान

क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको शनिबार राति सम्पन्न तेस्रो स्थानमा खेलमा आयोजक देशले बुर्किना फासोविरुद्ध जित निकालेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं- क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको शनिबार राति सम्पन्न तेस्रो स्थानमा खेलमा आयोजक देशले बुर्किना फासोविरुद्ध जित निकालेको छ।

खेलको निर्धारित ९० मिनेटमा खेल ३-३ को बराबरी भएर थपिएको अतिरिक्त समयमा पनि निर्णय ननिस्किएपछि क्यामरुनले टाइब्रेकरमा जित निकालेको हो।

खेलको पहिलो हाफमै बुर्किना फासोले २-० को अग्रता बनाएको थियो। जहाँ स्टिव यागोले गोल गरे भने क्यामरुनका गोलकिपर आन्द्रे ओनानाले आत्मघाति गोल गरेर बुर्किना फासोको लाई गोल कोसेली दिए।

त्यस्तै, खेलको ४९औं मिनेटमा जिब्री ओउटाराले गोल गर्दै बुर्किना फासोलाई ३-० गोलको अग्रता दिलाएका थिए। तर उसले अग्रता जोगाउन सकेन। खेलको ७१औं मिनेटमा क्यामरुनका स्टेफेन बखोहले एक गोल गरे।

खेलको ४६औं मिनेटमा मैदान छिरेका भिनसेन्ट अबुबखरले ८५औं र ८७औं मिनेटमा दुई गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याएका थिए।

सो बराबरीपछि अतिरिक्त समयमा पनि गोल हुन सकेन। त्यस्तै, टाइब्रेकरमा बुर्किना फासोका बाल्टी टरले एक एक गोल गल्ती गरेपछि क्यामरुनले ५-३ को जित निकालेको हो।

अफ्रिका कप अफ नेसन्सको आज राति हुने फाइनल खेलमा सेनेगल र इजिप्ट भिड्नेछन्। खेल राति पौने १ बजे सुरु हुनेछ।

प्रकाशित: Feb 06, 2022| 08:15 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।