आइतबार, मंसिर ७, २०८२

यू १९ क्रिकेट विश्वकपको उपाधि भारतलाई

भारतले पाँचौँ पटक यू १९ एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं- भारतले पाँचौँ पटक  यू १९ एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। टस जितेर पहिलो ब्याटिङ राजेको इंग्ल्यान्डविरुद्ध १४ बल बाँकी रहँदा चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो।

National life

भारतलाई उपाधि दिलाउन जवाफी ब्याटिङमा सहिक रस्मिद र निशान्त सिन्धुले अर्धसतक बनाएका थिए। उनीहरू समान ५०-५० रनको योगदान दिए। जहाँ सहिक आउट भए भने निशान्त अविजित रहे। यससँगै भारतले ४७ ओभर चार बलमा १८९ रनको लक्ष्य १९५ रन बनाएर पुरा गर्दै जित निकालेको हो।

त्यो पारीमा भारतविरुद्ध इंग्ल्यान्डका जोसहुवा बोयडेन, जेम्स सेल्स र थोमस एस्पिनवालले समान २-२ विकेट गिराए।

त्यसअघि पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर पाँच बलमै सम्पूर्ण विकेट गुमाएर १८९ रन बनाएको थियो। इंग्ल्यान्डका लागि जेम्स रिउले ९५ रन बनाए भने सेल्स जेम्सले ३४ रनको योगदान दिए। जर्ज थोमसले २७ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता, भारतका राज बवाले पाँच विकेट गिराउँदा रवि कुमारले चार विकेट लिए। त्यस्तै, बाँकी एक विकेट कुशल टेम्बेले गिराए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 06, 2022| 07:00 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।