शनिबार, असार २०, २०८३

एफए कपमा चेल्सी, सिटी र टोटेनहमको जित

ईएफएल एफए कपअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर सिटी, नर्विच सिटी र टोटेनहम हट्स्परले जित निकालेका छन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं- ईएफएल एफए कपअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर सिटी, नर्विच सिटी र टोटेनहम हट्स्परले जित निकालेका छन्।

शनिबार राति सम्पन्न चौथो चरणको खेलअन्तर्गत स्ट्याम्फर्ड ब्रिजमा घरेलु टिम चेल्सीले प्लेमथ एगायलविरुद्ध अतिरिक्त समयमा २-१ को जित निकालेको छ।

खेलको निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएपछि अतिरिक्त समयमा चेल्सीले जित निकालेको हो। चेल्सीलाई जित दिलाउन ४१औं मिनेटमा सेसर एप्लिक्वेटा र अतिरिक्त समयको पहिलो फाको इन्ज्युरी समयमा मार्कोस अलन्सोले गोल गरेका थिए।

यता खेलको आठौं मिनेटमा प्लेमथले गोल गरेर अग्रता बनाए पनि उसले अग्रता बचाउन सकेन। त्यस्तै, खेलको ११९औं मिनेटमा पेनाल्टीको अवसर पाएको प्लेमथले पेनाल्टीमा गोल गर्न सकेन। यससँगै चेल्सी अर्को चरणमा प्रवेश गरेको हो।

त्यस्तै, अर्को खेमला म्यानचेस्टर सिटीले फुलहामविरुद्ध ४-१ गोलको जित निकालेको छ। सिटीका लागि रियाद महरेजले दुई गोल गरे भने इल्के गुन्डोगन, जोन स्टोन्सले समान १-१ गोल गरेका थिए।

फुलहामका तर्फबाट फवियो कावोल्होले एक गोल फर्काए। त्यस्तै, ब्राइटोनलाई ३-१ गोलले हराउँदै टोटेनहम हट्स्परले पनि एफए कपको पाँचौँ चरणमा स्थान पक्का गरेको छ। टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे भने अर्को गोल ब्राइटोनका सोली मार्चले आत्मघाती गरेका थिए।

यता, नर्विच सिटीले पनि उल्भविरुद्ध १-० को जित निकाल्दै एफए कपको पाँचौँ चरणमा स्थान पक्का गरेको छ। शुक्रबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले मिलस्बर्गसँग हार बेहोरेको थियो। आज रातिको खेलमा लिभरपुलले कार्डिफ सिटीको सामना गर्नेछ।

प्रकाशित: Feb 06, 2022| 06:46 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।