बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जनकपुरधाममा धनुष आकारको सहिद गेट निर्माण अन्तिम चरणमा

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ। मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताए।
 |  शनिबार, माघ २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

जनकपुर- जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन्। 

triton college

जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन्।

मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षौंसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगरक्षेत्रको विभिन्न वडामा सञ्चालित योजना समयमै सम्पन्न हुन थालेपछि स्थानीयवासीले विकास भएको अनुभूतिसमेत गर्न थालेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ। मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताए। 

ढल्केवर–जनकपुर छ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेस शहीद गेटमा रङ्ग लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए। जनकपुरधाम उपमहानगरपालिकाको करिब रु चार करोडको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इञ्जिनीयर यादवको भनाइ छ।

Metro Mart
vianet

धार्मिक पर्यटकीय नगरीका रुपमा परिचिति मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ। 

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेस आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको सहिद गेट निर्माण गर्ने निर्णय गरेका थिए। त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो सहिद गेटको शिलान्यास गरेका थिए।

जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो। त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरुप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इञ्जिनियर अमरकुमार साहले जानकारी दिए। 

ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि पनि कोभिड– १९ सङ्क्रमणका कारण केही ढिलाइ भएको इन्जिनियर साहले बताए।

३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहनेछ भने तीनवटा पिलरमा सहिदहरुको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ। सो गेटको दुवै किनारामा राखिने मधेस आन्दोलनमा सम्पूर्ण सहिदहरुको प्रतिमाहरु बनाउने काम तीव्र रुपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उनले बताए। 

जनकपुरधाम प्रवेश गर्ने मूल बाटोमा निर्माण भईरहेको धनुष आकारको गेटले नगरक्षेत्रको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नगरप्रमुख साहको विश्वास छ।

प्रकाशित: Feb 05, 2022| 21:40 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।