भैरहवा- वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। आज दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।
टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन्।
महाप्रबन्धक दाहालका अनुसार काठमाडौंबाट आवश्यक सामान झिकाएर शनिबार दिउँसोसम्म मर्मतको काम गरिने छ।