बुधबार, असोज १४, २०८३

१८ करोड २७ लाख राजस्व छली, चार जनाविरुद्ध मुद्दा दायर

यस्तै मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा खुलेको जनाइएको छ। विभागले बिगो असुल उपर गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गर्दै मुद्दा दर्ता गराएको हो।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- राजस्व अनुसन्धान विभागले १८ करोड २७ लाख राजस्व छली गरेको आरोपमा चार जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपालिका–१० बस्ने स्टार इन्डिया भारतका आधिकारिक बिक्रेता तथा जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन्। 

उक्त कम्पनीले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवा बेगरको कर बिजक मात्र लिई, सम्झौताअनुसारको आय लुकाई राजस्व छली गरेको विभागले आज एक सूचना जारी गरी जनाएको छ।

कम्पनीको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी नपाउने खर्चसमेत दावी गरेको पाइएको छ।

यस्तै मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा खुलेको जनाइएको छ। विभागले बिगो असुल उपर गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गर्दै मुद्दा दर्ता गराएको हो। 

प्रकाशित: Feb 04, 2022| 20:20 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्