बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मन्त्री आले भन्छन्- नेताको कुदृष्टिका कारण देश बिग्रियो

मन्त्री आले भन्छन्- नेताको कुदृष्टिका कारण देश बिग्रियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन्।
 |  शुक्रबार, माघ २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

vianetvianet

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन्। शुक्रबार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरुको कारण देश बिग्रिएको बताएका हुन्। 

Kumaribank

'नेताहरुले गर्दाखेरी हाम्रो देश बिग्रिएको। नेताहरुको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन। जम्मै नेताहरुको कुदृष्टिको कारणले गर्दा भएको हो। यो देश बिग्रिने पहिलो कारण भनको पोलिटिसिएन। दोस्रो चाहिँ कर्मचारी पनि होलान्। तर सबभन्दा बढी दोषी भनेको नेता नै हुन्,’ मन्त्री आलेले भने। 

नेताहरुको चरित्र असल भएको भए देशको यो हालत नहुने बताएका उनले नेताहरुको दृष्टि परिवर्तन हुनुपर्ने धारणा राखे। देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरुलाई जाने उनको भनाइ थियो। मन्त्री आलेले आजसम्म मन्त्रालय अन्तर्गतका अनियमितताहरुको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको बताए। 

तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी नारायणहिटी दरबार संग्रहालयको जग्गा सस्तोमा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरुमा बतास समूहसँग सम्बन्धित मान्छेलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए। 

‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो। परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन। हतारहतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ,' उनले भने, 'हेर्दाखेरी सबै प्रक्रिया गलत छ। उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी। त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो। बतासलाई यता धर्मशाला बुझाउनुभयो । यता ल्याएर निगमको एमडी बनाउनुभयो । बतास र धनन्जय रेग्मी पार्टनर। अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सिइओ बनाउनुभयो। कस्तो सेटिङ हेर्नुस्। अनि कसरी बन्छ त हाम्रो देश?'

Metro Mart

मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि उनको भनाइ छ। आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्दे्रश्य राख्ने पनि उनको भनाइ थियो। ‘कुनै राम्रो लाभको पदमा पठाउनुपर्‍यो भने पहिल्यै बार्गेनिङ हुँदोरैछ त्यहाँ। अनि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त? उसको मुख्य लक्ष्य हुन्छ कसरी कमाउने? किनकी उसले त बुझाएर आएको हुन्छ नि!,' उनले भने। 

कानुन संशोधन गरेर भए पनि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उनको भनाइ थियो। पर्टकीय क्षेत्रको नयाँ गन्तव्य खोजी भइरहेको भन्दै उनले ती गन्तव्यको विश्वभर प्रचार गरेर पर्यटक भित्राउनुपर्ने बताए। 


प्रकाशित: Feb 04, 2022| 18:58 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्