काठमाडौं– च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण देखिएपछि रोकिएको पुलिस क्लब र च्यासल युथ क्लबको खेल अब बुधबार हुने भएको छ। यसअघि भोलि शनिबार हुने भनिए पनि सो खेल बुधबारलाई सारिएको एन्फाले जनाएको छ।
अहिले वर्षाका कारण दशरथ रंगशालाको मैदान चिसो रहेको भन्दै एन्फाले खेल सरेको जारनकारी दिएको हो।
च्यासल र पुलिसको खेल बुधबार दिउँसो एक बजे हुनेछ। त्यस्तै, सहिद स्मारक ए डिभिजन लिगको १० औं चरणका खेलहरु माघ २८ गतेबाट सुरु हुने भएको छ।