बुधबार, असोज १४, २०८३

चितवनका ३६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकास्थित गाउँब्लक भूमिहीनलाई लालपुर्जा वितरण गरेकी छन्।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

चितनव- भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकास्थित गाउँब्लक भूमिहीनलाई लालपुर्जा वितरण गरेकी छन्। गाउँब्लकका ३६ भूमिहीन परिवालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी हुन्। 

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरका करिब १२ हजार भूमिहीन घरपरिवारलाई जग्गा धनी पूर्जा वितरण गरी सकिएको जानकारी दिइन्। 

भूमिहीनको समस्या समाधान गर्नका लागि विभिन्न स्थानीय तहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोगमार्फत काम अघि बढाइसकिएको बताइन्। लामा र झन्झटिला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम सम्पन्न गरिने उनको भनाइ छ। 

मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाका भूमिहीनलाई पनि जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी छन्। 

प्रकाशित: Feb 04, 2022| 16:12 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्