बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचकमा १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले बढ्यो सम्पत्ति

नेप्से परिसूचकमा १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले बढ्यो सम्पत्ति

यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ। यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो।

यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक  दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ। यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ। अघिल्लो साता १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २ हजार ८८५.५३ विन्दुमा पुगेको थियो। उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो।

आइतबार कारोबारमा आएका २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको थियो।

साताको दोस्रो कारोबार सोमबारको दिन सेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको थियो। आईतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको थियो। सोमबार कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। 

सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने वृद्धि भएको थियो। मंगलबार नेप्से १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको थियो। मंगलबार कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

साताको बुधबार भने तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो। सार्वजनिक बिदाको दिन नेप्से कारोबार पनि बन्द हुन्छ। त्यस्तै, साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ। फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ। गत साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पत्ति यो साता भने १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो। यो साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले सम्पत्ति बढेर ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ। 

प्रकाशित: Feb 04, 2022| 12:45 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्