बुधबार, असोज १४, २०८३

घट्यो सुनको मूल्य, आजको बजारभाउ कति?

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घढेर ९२ हजार ५०० मा आएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घढेर ९२ हजार ५०० मा आएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार २०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २५५ कायम भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Feb 04, 2022| 12:50 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्