शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्ट अफ्रिका कपको फाइनलमा

क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्ट अफ्रिका कपको फाइनलमा

क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्टले अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान पक्का गरेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्टले अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान पक्का गरेको छ।

क्यामरुनमा जारी प्रतियोगिताको बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई हराउँदै इजिप्टले फाइनलमा स्थान पक्का गरेको हो।

खेलको निर्धारित ९० मिनेटसम्म कुनै गोल नभएपछि निर्णयका लागि अतिरिक्त ३० मिनेट थप गरिएको थियो। तर, थप गरिएको  समयमा पनि गोल हुन सकेन। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा इजिप्टका अहमद सयद, मोहम्मद अकडेल्मोनेम र मोहन्द लसिनले गोल गरेका थिए। यता क्यामरुनका भिनसेन्ट अबोउबकरले मात्र गोल गर्न सकेन। यससँगै ३–१ ले इजिप्ट विजयी भयो।

अब इजिप्टले उपाधिका लागि फाइनलमा सेनेगलको सामना गर्नेछ। सेनेगलले अघिल्लो सेमिफाइनलमा बुर्किना फासोलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो। 

फाइनल खेल आइतबार राति हुनेछ। त्यस्तै, तेस्रो स्थानका लागि हुने खेल भने शनिबार राति हुनेछ। तेस्रो स्थानका लागि बुर्किना फासो र क्यामरुन भिड्नेछन्।

प्रकाशित: Feb 04, 2022| 10:07 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।