शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

दार्चुला- सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला र डोटीलगायत जिल्लाका उच्च क्षेत्रमा बुधबार रातिदेखि हिमपात भइरहेको हो।

हिउँ परेसँगै लेकाली क्षेत्रमा अत्यधिक चिसो बढेको छ। हिमपातले त्यस क्षेत्रका वासिन्दाको जनजीवन प्रभावित बनेको छ।

हिमपातले एक्कासी बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।

हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गको विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ। कैलालीमा र कञ्चनपुरमा पनि वर्षा भइरहेको छ। वर्षासँगै तराइका जिल्लामा  पनि चिसो बढेको छ।

प्रकाशित: Feb 04, 2022| 07:57 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।