शनिबार, साउन ३०, २०८३

नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ।

र मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका ३ वर्षीय छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ।

त्रियुगा नदीको नहरमा बिहीवार दिउँसो खेल्न गएका बालक अचानक डुब्न पुगेका थिए। अभिभावकले बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबिरहेका भेटेपछि तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ।

उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

प्रकाशित: Feb 04, 2022| 07:45 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।