काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४८ पैसा र बिक्री दर १२० रुपैयाँ ०८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ७७ पैसा र बिक्री दर १३५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ८३ पैसा र बिक्री दर १६२ रुपैयाँ ६४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५७ पैसा र बिक्री दर १३० रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९९ पैसा र बिक्री दर ८५ रुपैयाँ ४१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४५ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ४१ पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३२ रुपैयाँ ०१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
- आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्