शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाई सेवा अवरुद्ध

भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबार बिहानदेखि भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

सिमकोट- हुम्लामा बिहीबार बिहानदेखि भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। हिमपातले सिमकोटलगायत बजार क्षेत्रमा चलपहल घटेको छ। यस्तै हिमपातका कारण जिल्लाबाट हुने हवाई उडानसमेत अवरुद्ध भएको छ। 

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न ढुवानीसमेत हिमपातका कारण बन्द भएको छ। हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ। 

यो हुम्लामा यस वर्ष दशौं पटक भएको हिमपात हो। हिमपातले अत्यधिक चिसो बढेको स्थानीयले बताएका छन्।

चिसो बढेका कारण मानिस घरबाहिर कम निस्कने गरेको पाइएको छ। हिमपात भइरहेकाले पशुवस्तु पनि गोठमै थुनेर राखिएका छन्।

एक गाउँबाट अर्को गाउँमा मानिस आउजाउ कार्य पनि बन्द छ। उत्तरी नाम्खा गाउँपालिकाका अधिकांश भागमा बाक्लो हिमपात भएको छ। लिमी र हिल्सा क्षेत्र सञ्चार सम्पर्कविहीन भएका छन्। सो गाउँपालिकाका चाला, यारी, न्यालु, नारा, लेकधिंगा क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ। यस वर्ष हुम्लामा पहिलो हिमपात मंसिरमा भएको थियो।

यसैबीच जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवासमेत एक हप्ताका लागि स्थगन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि सेवा स्थगन गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित: Feb 04, 2022| 06:49 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।