काठमाडौं-इंग्ल्यान्ड तथा लिभरपुलका मिडफिल्डर एलेक्स ओक्सलेड च्याम्बरलेन पुरा सिजन मैदान बाहिर रहने भएका छन् ।
२०१८/१९ को सिजन घुाँडाको चोटका कारण मैदान बाहिर रहने लिभरपुलका व्यवस्थापक जर्जगन क्लोपले बताएका छन् । २४ बर्षीय च्याम्बरलेनले रोमासँग अप्रिलमा भएको च्याम्यिन लिगको सेमिफाइनल खेल खेलका थिएनन् ।
विश्वकपसमेत गुमाएका उनले २४ अप्रिलमा रोमाका खेलाडी एलेक्जान्दर कोलारोभसँग ट्याकल गर्दा लडेका थिए । सोहि समय उनको घुँडामा चोट लागेको थियो ।
चोट लागेको घुँडाको सबै भाग गम्भीर रहेको चिकित्सकले बताएका छन् । उनको घुडाँको शल्यक्रिया गर्नेमध्येका डक्टर एन्डी विलियम्सले च्याम्बरलेन नोभेम्बरबाट उपलब्ध हुन सक्ने तर, खेल्न भने अझै केही समय कुर्नुपर्ने बताएका छन् ।
लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले च्याम्बरलेनको चोट पूर्ण रुपमा ठिक हुन अझै समय लाग्ने बताए । क्लोपले भने, 'यो सिजन उनले चोट मुक्त हुन र पुर्नस्थापनमा ध्यान दिने छन् ।' पछिल्लो सिजन उनी ३५ मिलियन पाउण्डमा आर्सनलबाट आएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४