शनिबार, मंसिर १३, २०८२

लिफ्टिङ प्रविधि : खानेपानीका लागि अब काकाकूल बन्‍नु पर्दैन

वर्षाको समयमा बाढीपहिराको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन, सेवा प्रदायक सङ्घ संस्थाले समेत सास्ती खेप्छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

बलेवा- वर्षाको समयमा बाढीपहिराको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन, सेवा प्रदायक सङ्घ संस्थाले समेत सास्ती खेप्छन्। 

National life

मुहानदेखि बागलुङ बजारसम्म लामो पाइपलाइनबाट पानी ल्याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बजारमा वितरण गरिरहेको छ। पाइपलाइन र मुहानमा देखिने समस्या तथा वितरण लाइनमासमेत अन्य विकासे पूर्वाधारले पु¥याउने क्षति खानेपानी उपभोक्ता संस्थाका लागि ठूलो समस्या हो। 

संस्थाकै तथ्याङ्क हेर्ने हो भने बजारका लागि पर्याप्त पानी आउँदैन्। ४२ लिटर प्रतिसेकेण्ड आवश्यकता रहेको बागलुङ बजारले सुख्खा याममा २६ लिटर प्रतिसेकेण्ड मात्रै पानी पाउँछ। त्यही पानी बाँडेर बजारलाई पु¥याइएको छ। बागलुङ नगरपालिकाकै कैलाम पोखरीमा काठेखोलाको पानी तानेर वितरण गर्ने योजना निर्माणाधीन अवस्थामा छ। चैतसम्ममा पानी ल्याउने संस्थाका प्रबन्धक हिमाल शर्माले बताए। 

पानीको समस्या दिनानुदिन बढ्न थालेपछि यहाँका केही संस्थाले धाराको पानीको विकल्प खोज्न थालेका छन्। तीन वर्ष पहिला बागलुङमानै पहिलो पटक चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल रामरेखाले जमिनमुनिको पानी प्रयोगमा ल्यायो। बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विद्यालय प्राङ्गणमा २१० मिटर जमिनमुनीबाट डिप बोरिङ गरेर पानी तानिएको छ। प्रतिघण्टा १० हजार लिटर पानी तान्ने क्षमताको मोटर जडान गरेपछि अहिले  विद्यालयलाई धाराको आवश्यकता छैन्। 

'यहाँका शिक्षक र विद्यार्थीलाई धाराको पानीले नपुगेपछि विकल्प खोज्यौं, लगानी त भयो तर अहिले पानीको समस्या छैन्', विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले भने, 'हामीले पानी निकालेपछि अरुले पनि सिकेका छन्।' धारामा आउने पानी अपर्याप्त भएपछि गतवर्ष धौलागिरि अस्पताल बागलुङले पनि सोही प्रविधि प्रयोग गरेर पानी तानेको छ। 

Laxmi sunrise bank
kumari

दुई सय ३० मिटर तलबाट पानी तान्नका लागि अस्पतालले २० लाख खर्चेको थियो। हरेक दिन हजारौं खर्चेर ट्यांकरको पानी प्रयोग गर्ने अस्पताललाई अहिले पानीको समस्या छैन्। पानी चाहिए मोटर चल्छ। धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङले पनि यसै साता जमिनमुनिको पानी निकाल्यो। 

२१० मिटर गहिराइमा पुग्दा पानी भेटिएपछि प्रतिष्ठानका सञ्चालक सदस्य श्रीप्रसाद शर्माले सामाजिक सञ्जालमा लेखेको छ, 'द्वारेगौंडा, रमेटार, कुँडुले बागलुङ बजार क्षेत्रमै रहेपनि खानेपानी अभावले युगौंदेखि तड्पिँदै आएको छ। सरकारी योजनाको बजेटिङ्को राशि धेरै रहेको सुनिन्छन्। तर, काम कछुवा गतिभन्दा उदेकलाग्दो सुस्त ! यही पीडाबाट मुक्ति पाउन एक हप्ता डिप बोरिङ गरी करिब २१० मिटरमुनि पानी फेला पारियो। डिपिएसपि परिवार आज  हर्षित– खुसी भएको छ।' 

पानीको खाँचो टार्नका लागि संस्थाले ठूलो लगानी गर्ने गरेका छन्। डिप बोरिङका लागि रु २० लाखभन्दा धेरै खर्च आउने सरोकारवाला बताउँछन्। बागलुङ बजारमा पर्याप्त खानेपानी पुर्‍याउने गरी प्रतिसेकेण्ड ७० लिटर पानी तान्ने लिफ्टिङ प्रविधिको योजना म्याद थपेर काम चलिरहेको छ। बाधा अवरोध नआए आउँदो चैतसम्म पानी आउने संस्थाले जनाएको छ। 'सायद अब हामी पानीको लागि काकाकूल बन्नु नपर्ला !' डिप बोरिङबाट पानी तानेका संस्थाको भनाइ छ। 

प्रकाशित: Feb 03, 2022| 23:00 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।