बिहीबार, चैत १२, २०८२

मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिनेः कार्लोस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
 काठमाडौं- अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभेजले लियोनल मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिन नहुने बताएका छन्। उनले भविष्यमा पनि अर्जेटिनालाई साथ दिनै पर्ने बताएका छन्। मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिना यसपटकको विश्वकपमा पनि निराश भएर रसियाबाट फर्केको थियो। 

प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४-३ ले पराजित हुँदै मेस्सीको टोली घरफर्केको थियो। बार्सिलोनाका स्टार आफैले पनि चार खेलमा १ गोलमात्र गर्न सकेका थिए। म्यानचेस्टर युनाइटेडका पूर्व स्टार टेभेजले भने उनको भविष्यको अन्तिम निर्णय मेस्सी आफैले लिनु उपयुक्त हुने बताएका छन्। 

‘मलाई लाग्छ मेसीले नै यो बारेमा सोच्नेछन्। यदि उनी यहाँ रहेर खुसी हुन सक्दैनन् भने उनले सोच्नुपर्ने हुन्छ। उनलाई के गर्दा सहज हुन्छ त्यो बढी महत्वपूर्ण हो,’ टेभेजले भने,‘ अर्जेन्टिना जस्तो टोलीको नेतृत्व गर्नु वास्तवमै निकै गाह्रो हुनेगर्दछ।’

अर्जेन्टिनाले उनलाई कहिले खुसी पार्न नसकेको उल्लेख गर्दै भने,‘ मलाई लाग्छ उनलाई सहज हुने गरि साथ नदिनु हाम्रो गल्ति हो। एउटा खेलाडी र अर्जेन्टिनी भएको नाताले म भन्छु हामी उनलाई चाहन्छौं किनकी उनी अर्जेन्टिनाको आत्मा हुन् । सम्भव भएसम्म उनले खेल्नुपर्दछ । उनी अर्जेन्टिनाका ठूलो खेलाडी हुन् र उनले त्यसको जिम्मेवारी पनि निर्वाह गर्नुपर्दछ।’ उनलाई अब केहि समयको आरामले सोच्न दिनुपर्दछ टेभेजको भनाई।
 
बार्सिलानाबाट क्लब स्तरीय र व्यक्तिगत रुपमा सबै खाले उपाधि जितसकेका मेस्सीले अर्जेन्टिनाका लागि भने अहिले सम्म महत्वपूर्ण उपाधि जित्न सकेको छैनन् । यद्दपी उनको नेतृत्वमा अर्जेन्टिना एक पटक विश्व कप फाइनल र दुई पटक कोपा अमेरिकाको फाइनल पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।