बिहीबार, चैत १२, २०८२

१३ औं सागमा कराते र गल्फ समावेश गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपालले आयोजनाको जिम्मा पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्य र सफलतापूर्वक सम्पन्न गर्न विभिन्न खेल संघका प्रतिनिधिहरुसंग छलफल गरी सुझाव संकलन गरेको छ । 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को उपस्थितिमा त्रिपुरेश्वरस्थित राखेपमा बुधबार बसेको छलफल कार्यक्रममा सांसद् एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेती, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विक, सागमा समावेश हुने सम्भावित विभिन्न २५ खेलका राष्ट्रिय संघका प्रतिनिधि र प्रमुख प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मन्त्री विश्वकर्माले १३ औं साग राष्ट्रको प्रतिष्ठासंग जोडिएको विषय भएकाले यसलाई सफल पार्न सम्बन्धित सबै पक्ष गम्भीर हुनु पर्नेमा जोड दिदै पदकको सम्भावनालाई ध्यान दिएर सोही अनुसारको तयारी आवश्यक रहेको बताए । उनले १३ औं सागको आयोजना र उपलब्धीलाई संगसंगै लैजान खेलाडीहरुलाई अभिप्रेरणा र उचित वातावरण मिलाउन सबैको ध्यानाकर्षण गराए । 

एनओसी अध्यक्ष श्रेष्ठले १३ औं साग आयोजनाका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको चौथो बैठक बस्न लागेको जानकारी गराउदै बंगलादेशमा भएको ११ औं सागलाई आधार मानेर सोही अनुसारका खेलहरु राख्ने नितिगत निर्णय भएपनि आयोजकका नाताले २ खेल थप्न मिल्ने प्रावधान अनुरुप कराते र गल्फ खेललाई थप गरिएको जानकारी दिए । 

खेलकुद मन्त्रालयका सचिव सापकोटाले सबै मिलेर सागलाई सफल बनाउन लागि पर्नु पर्ने बताए । सदस्य–सचिव विष्टले के गर्दा सागमा राम्रो नतिजा आउँछ र कसरी सागलाई भब्य एवं सफल बनाउन सकिन्छ भन्ने विषयको प्रस्तावलाई सकेसम्म सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित संघका प्रतिनिधिहरुले खेलाडीको तालिम, खुराक, पूर्वाधार, प्रावधिक जनशक्तिको स्तरबृद्धि, अन्तराष्ट्रिय ‘एक्पोजर’, पदकको सम्भावना भएको इभेन्टलाई समावेश गर्न जोड दिनु पर्ने लगायतका विषयमा सुझाव दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।