काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
आज परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ अंकमा अडिएको छ। नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेस्कसमेत ३.२६ अंकले घटेको छ।
बिहीबार कारोबारको अधिकांश समय सूचक हरियो देखिएकोमा अन्तिममा दोहोरो अंकले घटेर कारोबार बन्द भएको हो। परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। आज साढे ८ अर्बभन्दा बढीको सेयर किनबेच भएको छ।
समग्रमा बजार घटे पनि धेरैजसो हाइड्रोपावर कम्पनी र निर्जिवन बिमा कम्पनीहरुको सेयर मूल्य भने उकालो लागेको छ।