बुधबार, असोज १४, २०८३

एक महिनामा हवाई मार्गबाट १७ हजार पर्यटक भित्रिए

अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक नेपाल घुम्न आएका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं– अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक नेपाल घुम्न आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा हवाई मार्ग हुँदै १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका हुन्। 

यो महिना भारतबाट सबैभन्दा बढी ३ हजार ९१६ पर्यटक नेपाल आएका छन्। त्यसैगरी बंगलादेशबाट १२ सय ३६, चीनबाट ३२१, दक्षिण कोरियाबाट २०९, फ्रान्सबाट २८३, जर्मनीबाट ३६५ र बेलायतबाट १८ सय २४ जना पर्यटक नेपाल भित्रिएको तथ्यांक छ। 

बोर्डका अनुसार अस्ट्रेलियाबाट १२ सय १३, अमेरिकाबाट ३२ सय ५७ र क्यानाबाट ३६१ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका छन्। 

यस वर्षको जनवरीमा आएको पर्यटक संख्या गत वर्षको जनवरीभन्दा ९१.३ प्रतिशत बढी हो। गत वर्षको जनवरीमा ८ हजार ८७४ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका थिए। 


प्रकाशित: Feb 03, 2022| 15:24 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्