शनिबार, साउन ३०, २०८३

लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने

कोरोना भाइरसका कारण स्थगित भएका लोकसेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं– कोरोना भाइरसका कारण स्थगित भएका लोकसेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन्।

आयोगले बिहीबार समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ।

आयोगले स्थगित भएका सबै परीक्षा २०७९ साल वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ। परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७७ पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ।

प्रकाशित: Feb 03, 2022| 14:37 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।