शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला

सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला

सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोहमा भाग लिनका लागि स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीका लागि आवेदन फाराम खुला गरेको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोहमा भाग लिनका लागि स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीका लागि आवेदन फाराम खुला गरेको छ। 

विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुन २०७४ साल असोज १ गतेबाट २०७८ भदौ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीमा अध्ययन गरेर उत्तीर्ण गरेका विद्यार्थीले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा र तोकिएका क्याम्पसमा माग १९ गतेदेखि फागुन १९ गतेभित्र फारम भरेर बुझाउन सूचित गरेको हो। 

परीक्षा नियन्त्रण कार्यालयले माघ १९ गतेदेखि फारम वितरण सुरु गरिने जनाएको छ। दीक्षान्त समारोहमा भाग लिन गाउन र स्काफको धरौटी मूल्यसहित विद्यार्थीले स्नातक तहमा चार हजार र स्नातकोत्तर तहमा दुई हजार शुल्क बुझाउनु पर्ने सूचनामा उल्लेख छ। 

धरौटीबापतको रकम २५ सय रुपैयाँ भने विद्यार्थीले समारोह सकिएसँगै फिर्ता पाउने पनिकाले जनाएको छ।

प्रकाशित: Feb 03, 2022| 13:44 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।