हुम्ला- हुम्लामा पुन: हिमपात सुरु भएको छ। आज बिहानैबाट हिमपात सुरु भएको हो।
हिमपातका कारण हुम्लाको जनजीवन फेरि प्रभावित भएको छ। चिसो अत्यधिक बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हुम्लाको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुगेको छ।
चिसोका कारण स्थानीयलाई काम गर्न समस्या भइरहेको छ। चिसोका कारण सिमकोट क्षेत्रमा मानिसको चहलपहल निकै पातलिएको छ।