पाँचथर- चौंरी गोठ जाँदा लेक लागेर एक युवकको ज्यान गएको छ। जिल्लाको फालेलुङ गाउँपालिका-५ को टुनिबोटेका ३१ वर्षीय विशाल मगरको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए।
हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेको थियो। लेक लागेर हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।