काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले बढेको छ। बिहीबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
बुधबार सुन प्रतितोला ९२ हजार दुई सयमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो।
हासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।