काठमाडौं- खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ। त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरण कार्यालयले खराब मौसमका कारण पोखरा, भरतपुर र सुर्खेत उडान प्रभावित भएको जनाएको छ।
भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा १६ सय मिटर आइएफआर छ। भिजिबिलीटी कम हुँदा ट्राफिक फ्रिक्वेन्सी घटेको कार्यालयले जनाएकव छ।