शनिबार, साउन ३०, २०८३

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको ज्यान गएको छ। मृत्यु हुनेमा बाँके र दाङ दुई जना पुरुष रहेका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको ज्यान गएको छ। मृत्यु हुनेमा बाँके र दाङ दुई जना पुरुष रहेका छन्।

नेपालगन्ज उपमहानगरपालिका-८ बाँके निवासी ८६ वर्षीय बृद्धको उपचारका क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको छ।  माघ १३ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो। उनी सोही दिनबाट अस्पतालमा उपचाररत थिए।

यस्तै दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी ८० वर्षीय बृद्धको भेरी अस्पतालमा मृत्यु भएको छ। यही माघ १६ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। 

स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार राती ११:५० बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए। 

प्रकाशित: Feb 03, 2022| 11:23 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।