शनिबार, साउन ३०, २०८३

यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते

बर्दियामा बिहीबार बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- बर्दियामा बिहीबार बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

बिहान करिब ३ बजे बासगढी नगरपालिका-३ मा ना५ख ५३८२ नम्बरको बस दुर्घटनामा परेको हो। कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये कालिकोट त्रिवेणी गाँउपालिका-६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका-७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको छ। उनीहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। 

सामान्य घाइते ३३ जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 03, 2022| 10:02 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।