दाङ- बाँकेमा एक थप कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेमा दाङ शान्तिनगर गाउँपालिका-२ का ८० वर्षीय एक पुरुष रहेका छन्।
उनको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो। बुधबार राति उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए।
यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ३४७ र अन्य जिल्लाका मृत्यु हुनेको संख्या ४४२ पुगेको छ।