बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फिलिपिन्स र अष्ट्रेलियाका १३ बास्केटबल खेलाडीमाथि प्रतिबन्ध

फिलिपिन्स र अष्ट्रेलियाका १३ बास्केटबल खेलाडीमाथि प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अन्तर्राष्ट्रिय बास्केटबल फेडरेशन (फिबा) ले फिलिपिन्स र अष्ट्रेलियाका १३ राष्ट्रिय बास्केटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ। उनीहरुमाथि विश्वकप क्वालिफाइका बेला मैदानमा झगडा गरेको भन्दै यसै महिनाको शुरुवातमा प्रतिबन्ध लगाएको थियो। झगडा जुलाई २ मा तेस्रो क्वार्टरमा ८९-५३ ले अष्ट्रेलियाले जितिरहेका बेला फिलिपिने अरिना मनिलामा भएको थियो।

फिलिपिन्सका ८ खेलाडी र २ प्रशिक्षकगरी १० जनालाई ३५ खेलमा प्रतिबन्ध लगाएको छ भने तीन अष्ट्रेलियन खेलाडीलाई नौ खेलमा प्रतिबन्ध लगाइएको छ। यससँगै दुवै देशका राष्ट्रिय फेडरेशनलाई जरिवाना तिराएका छन्। फिलिपिन्स राष्ट्रिय फेडरेशनले फिबालाई १९.८ लाख पाण्ड जरिवना तिर्नेपर्नु छ। त्यस्तै अष्ट्रलिया राष्ट्रिय फेडरेशनले ७६.६ हजार पाण्ड जरिवना तिर्नेपर्नु भएको छ।

फिलिपिन्सका प्रशिक्षक भिन्सेन्ट रेयेसलाई एक खेलमा प्रतिबन्ध र ७.६ हजार पाण्ड जरिवाना गरिएको छ। यससँगै रेफ्रिलाइ पनि कुनै पनि फिबा स्वीकृत च्याम्पियनसिपमा रेफ्रि बन्न नपाउने गरी एक बर्षको लागि निलम्बित गरेको छ।
 
निलम्बित खेलाडी र प्रशिक्षक

फिलिपिन्स

जपेथ अगुइलर र माथेउ राइट (एक खेल)
टेरेन्से रोमियो, जयसन कास्ट्रो निलिएम, आन्द्रे ब्लाट्चे र जेथ रोसारियो (तीन खेल)
रोगेर पोगोए, कार्ल क्रुज र जियो जालालोन (पाँच खेल)
काल्भिन अबुइभा (छ खेल)

सहाय प्रशिक्षकः जोसेफ युइचिको (तीन खेल)

मुख्य प्रशिक्षकः भेन्सेन्ट रेयेस (एक खेल)

अष्ट्रलिया

क्रिस गोउल्डिङ (एक खेल)
थोन माकेर (तीन खेल)
डानियल किकर्ट (पाँच खेल) 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।