शनिबार, साउन ३०, २०८३

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

राइनास नगरपालिका-६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- राइनास नगरपालिका-६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। इँटा लिन जाँदै गरेको ग१त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ट्याक्टरमामा सवार तीन जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको हो। सहयोगी राइनास नगरपालिका-६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार गरी घर फर्केका छन्।

इँटा लिन जाँदै गरेको ट्याक्टर अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा छेउमा पुगेको थियो। सडक छेउमा पुग्ने क्रममा सडकबाट लडेर करीब १५/२० मिटर तल सिम्लेखोलामा खसेर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

चालक स्थानीय दीपक परियारलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्सपेक्टर जगदिश रेग्मीले बताए। मृतक चिलुवालको शवलाई पोष्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ।

प्रकाशित: Feb 03, 2022| 07:39 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।