बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४५ पैसा र बिक्री दर १२० रुपैयाँ ०५ पैसा कायम गरेको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४५ पैसा र बिक्री दर १२० रुपैयाँ ०५ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३५ रुपैयाँ र बिक्री दर १३५ रुपैयाँ ६८ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ७८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८८ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४१ पैसा र बिक्री दर ८५ रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ०७ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ०५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३२ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   

- आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: Feb 03, 2022| 06:49 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्