आइतबार, मंसिर २१, २०८२

पलायन भएका यी नायिका, जो नेपाली चलचित्रमा फर्किन रहर गर्दैछन्

लामो समय चलचित्र क्षेत्रबाट पलायन भएका अभिनेत्रीहरु पछिल्लो समय नेपाली सिनेमामा फर्किन रुचि देखाइरहेका छन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं– लामो समय चलचित्र क्षेत्रबाट पलायन भएका अभिनेत्रीहरु पछिल्लो समय नेपाली सिनेमामा फर्किन रुचि देखाइरहेका छन्। करिब एक दशक हराएकी अभिनेत्री उषा रजक ‘कठपुतली’ मार्फत नेपाली सिनेमामा छाइन्। उनको कमब्याक सुखद् नै रह्यो भन्दा फरक नपर्ला।

National life

बक्स अफिसमा कमाल गरिरहेको कठपुतलीले राम्रै प्रतिक्रिया पाएको दाबी पनि गर्छिन्। ‘कुसुमे रुमाल २’, ‘इकु’, ‘वान डे’ जस्ता फिल्ममा अभिनय गरे पनि खासै ‘नोटिस’ हुन नसकेकी उषा फिल्ममा करिअर नदेखेपछि पलायन नै भएकी थिइन्। आठ वर्ष किर्गिस्तानको सिटी सेन्टर एरियामा बसिन्। ४ वर्ष उनले युएनडिपीमा जागिर खाइन्। 

सिनेमा क्षेत्रबाट पलायन भएर हराएकी उषालाई फेरि सिनेमा क्षेत्रमा करिअर बन्ला भन्ने लागेको थिएन। करिअरको पहिलो इनिङमा असफलता भोगे पनि दोस्रो इनिङमा सुखद् महसुस गरेकी छिन् उनले। 

डेढ दशकअघि हिट चलचित्र ‘पर्खि बसें’ दिएकी नायिका युना उप्रेती अमेरिका बस्दै आएकी छिन्। ‘पर्खि बसें’ उनको डेब्यु फिल्म थियो र त्यो सानदार नै रह्यो। त्यसपछि उनी करिब ७ वर्षसम्म अभिनयमै सक्रिय रहिन्। पहिलो फिल्म सफल भएपछि उनलाई फिल्मको कमी नै भएन। त्यसबीचमा उनले ‘हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ, दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिस’ आदि फिल्ममा अभिनय गरिन्।

‘पर्खि बसेँ’ र ‘हिम्मत २’ पछि उनका फिल्म सफल हुन सकेनन्। त्यसपछि उनी एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिका उडिन् र उतै बसिन्। करिब ७ वर्षयता युनाले फिल्म खेलेकी छैनन्।

Laxmi sunrise bank
kumari

केही समयअघि नेपाल आउँदा उनले राम्रो फिल्मबाट अफर आएको खण्डमा र भूमिका मन परे आफू अतिथि भूमिकाका लागि पनि तयार रहेको बताएकी थिइन्।

त्यसो त युना गीत पनि गाउँछिन्। उनले आफू अभिनित फिल्म ‘हिम्मत २’ को ‘म तिमीलाई माया गर्छु’ गीतमा आवाज दिएकी छन्। तर, अमेरिका बस्न थालेपछि उनले अभिनयसँगै गायनलाई पनि निरन्तरता दिन सकिनन्। अहिले नयाँ गीत रेकर्ड गर्ने विषयमा कुराकानी भइरहेको उनले सुनाइन्।

अरुणिमा लम्साल पनि कुनै बेला राम्रो माग भएकी अभिनेत्री हुन्। ‘धड्कन, अग्नी ज्वाला, अभिमन्यू, इन्द्रेणी, के यो माया हो’ लगायत करिब चार दर्जन फिल्ममा अभिनय गरेकी उनी पछिल्लो पटक फिल्म ‘उर्वशी’ मा देखिएकी थिइन्। तर, उनी पनि अमेरिका पलायन भइन्। 

अरुणिमा पनि आफूलाई फिल्ममा अभिनय गर्ने इच्छा रहेको बताउँछिन्। अरुणिमाले भनेकी छन्, ‘म हराएको छैन, केही समयका लागि विश्राममात्रै लिएको हुँ। ढिलो–चाँडो फिल्ममा अवश्य नै फर्किन्छु। आजिवन फिल्ममा काम गरिरहुँ र दर्शकमाझ आइरहुँ भन्ने सोचमा छु।’ आफू फिल्मकै लागि जन्मिएको उनले सुनाइन्।

मेलिना मानन्धर पनि एक समय जमेकी कलाकार हुन्। फिल्ममा चलिरहेकै बेला उनी अमेरिका गएकी थिइन्। अभिनेता मुकेश ढकालसँग प्रेम विवाह गरेकी मेलिना त्यसपछि पर्दामा फर्किएकी छैनन्। 

मेलिना अहिले फेरि पर्दामा फर्किने बाटो हेरिरहेकी छन्। उनले टिकटक लाइभमा नेपाली फिल्ममा फर्किने उपयुक्त समयको पर्खाइमा रहेको बताएकी छन्। दर्शकसँग अन्तरक्रिया गरिरहने मेलिनालाई उनका समर्थकले ठूलो पर्दामा फर्किन आग्रह गरिरहेका हुन्छन्। उनले भनेकी छन्, ‘तपाईंहरूले मलाई चाँडै पर्दामा देख्न सक्नु हुनेछ। यसका लागि विचार गरिरहेकी छु।’

विभिन्न कारणले बिदेसिएका अभिनेत्रीहरुको सूची लामै छ– जल शाह, विपना थापा, गरिमा पन्त, कृष्टि मैनाली, ऋचा घिमिरे, पूजा चन्द, सारंगा श्रेष्ठ, सज्जा मैनाली आदि। यिनीहरुमध्ये प्रायजसोले नेपाल आउँदा चलचित्रमा फर्किने कुरा गर्न छुटाउँदैनन्। कतिपयले काम पनि गरेका छन्। जस्तो– करिष्मा मानन्धर, निरुता सिंह। बाँकीको भने कुरामात्रै हो कि साँच्चिकै पर्दामा देख्न पाइने हो, समयले नै बताउला।

प्रकाशित: Feb 02, 2022| 18:10 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।