शनिबार, असार २०, २०८३

अनलाइन तेक्वान्दोमा नेपालका तीन खेलाडीलाई पदक

अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं– अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन्।

प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले पहिलो स्थान हात पारेका  छन्। उनले फाइनलमा स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई पछि पार्दै स्वर्ण जितेका हुन्। दर्नालले ६‍‍‍.७१७ अंक ल्याउँदै स्वर्ण जित्दा फान्कोइले ६.६६७ अंक जोडेका थिए।

यसैगरी अनलाइन पुम्सेमै सञ्जीव नेपाल र सन्दीपा अमगाईंले भने रजत पदक जितेका छन्। ३०–४० वर्ष उमेर समूहमा रजत पदक जितेका सञ्जीवले ६.८०० अंक पाएका थिए। स्वर्ण जितेका मकाउका याङ मिङ तेक्वान्दो डोजाङका काइ ल्योङ यीपले ६.८६७ अंकका साथ पहिलो स्थान हात पारेका थिए।

यसैगरी १८–३० वर्षको उमेर समूहमा सन्दीपाले ५.७६७ अंक जोड्दै रजत पदक जित्न सफल भइन्। उनी पनि मकाउकै याङ मिङ तेक्वान्दो डोजाङकी कावामासँग पछि परिन्। कावामाले ६.५३३ अंक जोड्दै स्वर्ण पदक जितिन्।

प्रतियोगितामा नेपाललगायत अमेरिका, फिलिपिन्स, स्विट्जरल्यान्ड, मकाउ, स्लोभेनियालगायतका राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Feb 02, 2022| 17:05 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।