बुधबार, असोज १४, २०८३

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

बुधबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य तोलामा तीन सयले बढेको हो।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य तोलामा तीन सयले बढेको हो।

तीन सय बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम रहेको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ छ। मंगलबार चाँदी तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Feb 02, 2022| 11:37 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्