सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

साइबेरियाबाट किन आउन छाड्यो हरि हाँस?

पोखराका सिमसार क्षेत्रमा हरेक वर्ष आगन्तुक चराहरु आउने गर्छन्। हिउँदको समयमा साइबेरियामा अत्यधिक जाडो हुने भएकाले जाडो छल्न उनीहरु वर्षेनी यहाँ आउने गरेका हुन्। यही मौकामा ती चराहरुले आफ्नो शरीरको बोसो घटाउने र चल्ला कोरल्ने समेत गर्छन्।
 |  बुधबार, माघ १९, २०७८
nespernesper

विभु भुसाल

विभु भुसाल

बुधबार, माघ १९, २०७८

पोखरा– हरेक वर्ष साइबेरियाबाट आउने हरि हाँस (कटन पिग्मी गुज) ले यहाँ आउनेबित्तिकै पोखराको खास्टे तालमा अण्डा पार्थ्यो, चल्ला कोरल्थ्यो र उपयुक्त समयमा उतै लिएर जान्थ्यो। 

triton college

यो चार वर्ष अगाडिको कुरा हो।

चार वर्ष भयो, यसले खास्टे तालमा अण्डा पारेको छैन। देखिन पनि छोडेको छ। नेपालको कैलालीमा रहेको घोडाघोडी र पोखराको खास्टे तालमा मात्रै यसले अण्डा पार्ने र चल्ला कोरल्ने गर्छ। पछिल्लो समय यसले घोडाघोडीमा मात्रै चल्ला कोरल्ने गरेको छ। 

खास्टे तालमा मानव निर्मित संरचना बनेकाले उसले उहाँ सहज महसुुस नगरेकाले यस्तो भएको नेपाल जुलोजिक समाजका गण्डकी प्रदेश संयोजक तथा पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकाल बताउँछन्। विश्व वन्यजन्तु कोषको हरियो वन कार्यक्रमले स्थानीय समुदायलाई समेटेर ताल सफाइ गर्ने, बाँध बनाउने, तालमा माछा पाल्ने र आम्दानी गर्ने भन्दै खास्टेको सिमसार ध्वस्त बनायो, त्यसैको परिणामस्वरुप हरि हाँस खास्टेको सिमसार छोड्न बाध्य भयो। 

पोहोरसम्म मैदी तालमा बस्ने गरुड यसपालिको हिउँदमा देखिएन । गत महिना जनवरी १० देखि १२ तारिखसम्म पोखराका जलपंक्षीहरुको गणना गरिएको थियो। प्राकृतिक तालमा यस वर्ष कंक्रिट बाँध बनाएपछि पानीको सतह बढ्यो । घाँससहितको दलदल पानीले छोपियो र सिमसार मासियो। सिमसार मासिएपछि पानीमा आश्रित जलपन्छी अन्तै सरे । 

Metro Mart
vianet
विश्व वन्यजन्तु कोषको हरियो वन कार्यक्रमले स्थानीय समुदायलाई समेटेर ताल सफाइ गर्ने, बाँध बनाउने, तालमा माछा पाल्ने र आम्दानी गर्ने भन्दै खास्टेको सिमसार ध्वस्त बनायो, त्यसैको परिणामस्वरुप हरि हाँस खास्टेको सिमसार छोड्न बाध्य भयो। 

तालको सौन्दर्यीकरण गर्न भन्दै खास्टे तालमा चार वर्षअघि बाँध निर्माण गरियो र पैदलमार्ग बनाइयो। जसका कारण सिमसार पानीले ढाकियो अनि हरि हाँसलाई अण्डा कोरल्ने स्थान मासियो। त्यसैले खास्टेमा त्यसले अण्डा पार्न छोडेको ढकाल बताउँछन्। 

‘ताल संरक्षण र सौन्दर्यीकरण नगर्ने भन्ने होइन तर त्यसो गर्दा त्यहाँको पर्यावरण, त्यो पर्यावरणमा आश्रित जनावर र पंक्षीहरुको भविष्यको बारेमा पनि ख्याल गर्नुपर्ने हुन्छ,’ पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्। उनले समुदायलाई सिमसारको आम्दानीसँग नजोडेसम्म सिमसारको संरक्षण हुन नसक्ने बताए। 

पोखराको रुपाताल परियोजना अन्तर्गत अहिले त्यहाँ बाँध निर्माणको काम भइरहेको छ। जसका कारण यहाँ आउने आगन्तुक चराहरु घटेका छन्। एउटा त मानवीय र मेसिनको हल्लाखल्ला, अर्कोतिर सिमसारको क्षेत्र घट्दै गएपछि जलपंक्षीको संख्या घट्दै गएको हो। गत वर्ष रुपाताल आसपासमा १ हजार भन्दा बढी चराको गणना भएको थियो। तर यस वर्ष मुस्किलले ६० वटा चरा गणना हुन सके। यो सबै कारण सिमसार घट्नु भएको सरकोकारवालाहरुको निष्कर्ष छ। 

पोखराकै दिपाङ ताल डुबुल्के हाँस, सिलसिले हाँस (रैथाने) जलेवा लगायतका जलपंक्षीहरुको बासस्थान, चरिचरन र चल्ला कोरल्ने सिमसार हो। तर यो तालमा ती चराहरुको गतिविधि कम हुँदै गरेको घिमिरेको अनुभव छ। 

फेवाताल आसपासमा मण्डारिन हाँस गतवर्ष पहिलो पटक देखिएको थियो, यस वर्ष पनि देखियो। यो नेपालमा पहिलो पटक अभिलेख भएको हो। यसैगरी सिमसार मासिँदै जाने, ताल संरक्षणका नाममा जथाभावी अवैज्ञानिक संरचना बन्दै जाने हो भने यो हाँस पनि नदेखिन सक्ने ढकालको बुझाइ छ। 

पोखराका सिमसार क्षेत्रमा हरेक वर्ष आगन्तुक चराहरु आउने गर्छन्। हिउँदको समयमा साइबेरियामा अत्यधिक जाडो हुने भएकाले जाडो छल्न उनीहरु वर्षेनी यहाँ आउने गरेका हुन्। यही मौकामा ती चराहरुले आफ्नो शरीरको बोसो घटाउने र चल्ला कोरल्ने समेत गर्छन्। 

पोखराको आकाशमा देखिएको बकुल्लाको बथान। तस्बिर : रासस

अर्कोतर्फ सिमसारमै आश्रित हुने पुतली, गाइने कीरा जस्ता किरा फट्याङ्ग्राको संख्या पनि घट्दै गएकाले पंक्षीहरुको आहारा पनि घट्दै गयो। जसका कारण आहाराको खोजीमा उनीहरु पुरानो बासस्थान परिवर्तन गर्न बाध्य भए। ‘तपाईंले आफ्नो वरिपरि जुनकीरी देख्न छोड्नुभयो भने के बुझिन्छ भने तपाईंको खेतबारीमा अत्यधिक विषादीको प्रयोग भइरहेको छ। त्यस्तै हो, गाइने कीरा र पुतली नदेखिने कारण पनि,’ ढकालले भने।
अहिले बगाले बगेडी भन्ने चरा अति संकटापन्न सूचीमा रहेको छ। सिमसारमै निर्भर हुने यो चरा हङकङ, चीन, ताइवानबाट आउने गर्छ। सिमसारको संरक्षण नगर्ने हो भने यो चरा लोप हुने खतरामा रहेको घिमिरेले बताए। 
पोखराकै दिपाङ ताल डुबुल्के हाँस, सिलसिले हाँस (रैथाने) जलेवा लगायतका जलपंक्षीहरुको बासस्थान, चरिचरन र चल्ला कोरल्ने सिमसार हो। तर यो तालमा ती चराहरुको गतिविधि कम हुँदै गरेको घिमिरेको अनुभव छ। 

फेवा सिमसारमा देखिने कर्‍याङकुरुङ, डुबुल्की चरा, लामा औंलेलगायत पानीचरा निकै कम मात्रामा छन् । फेवाको मुहान हर्पन खोला, अँधेरी खोला, बेतिनी खोलाले बगाएर ल्याउने गेग्रानले ताल र सिमसार दुवैलाई असर पुर्याएको छ । यी खोलामा सिल्टेसन चेक ड्याम बने पनि ठूलो बाढी आउँदा ढुंगा माटो बगेर आउने समस्या हटेको छैन । पोखरा–२६ मा रहेको खास्टे तालमा २०७२ सम्म पानीको सतह न्यून थियो । जलीय वनस्पति, जलचरलगायत जैविक विविधताले भरिपूर्ण थियो । ताल कमलको फूल र सिमल काँडेले ढाकिन्थ्यो। राष्ट्रिय ताल विकास बोर्ड गठनपछि ताल संरक्षणका नाममा सिमसार मास्ने काम सुरु भयो ।

ताल थुन्नैपर्छ, माछा पाल्नुपर्छ र आम्दानी गर्नुपर्छ भन्ने मानसिकताले सिमसार मासिएको संरक्षणकर्मीहरुको भनाइ छ। तालको छेउछाउमा चरा पर्यटनको अवधारणा ल्याएर माछापालनबाट भन्दा राम्रो आम्दानी गर्न सकिने उनीहरुको तर्क छ। ‘विदेशीलाई तालकै छेउमा चरा हेरेर तीन दिन राख्न सकियो भने आम्दानी हुँदैन र?’ घिमिरेको तर्क छ। 

चराको लागि मात्रै नभएर सिमसार मानव जीवनकै लागि पनि महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नु अहिको प्रमुख दायित्व भएको ढकालको भनाइ छ। ‘सिमसार भनेको हाम्रो भान्सामा राखिएको पानीको फिल्टर भित्रको क्याण्डल जस्तै हो, फिल्टरको क्याण्डलले फिल्टरको पानी सुरक्षित गर्छ भने सिमसारले तालको पानी सुरक्षित गर्छ,’ उनले भने। 

प्रकाशित: Feb 02, 2022| 11:03 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।